काठमाडौं – सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ काे बजेट ल्याउँदैछ । आगामी आर्थिक वर्षको बजेटको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
१ बजे राष्ट्रिय योजना आयोगको पूर्ण बैठक सकिएपछि साढे २ बजेलाई मन्त्रीपरिषद् बैठक बोलाइएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बस्ने आयोगको बैठकले बजेट सम्बन्धित महत्त्वपूर्ण दस्ताबेजहरू पारित गरेपछि मन्त्रीपरिषद् बैठक बस्नेछ ।
मन्त्रीपरिषद्ले बजेट पारित गरेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको दुवै सदनमा बजेट पेश गर्नेछन् ।






About Us
प्रतिक्रिया