काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज आयव्ययको अनुमानित विवरण अर्थात् बजेट प्रस्तुत गर्दैछ। आज दिउँसो ४ बजेका लागि तोकिएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्य तालिका रहेको छ।
योसँगै नेपालमा बजेट प्रस्तुत गर्ने थालिएको ७२ वर्ष भएको छ। नेपालमा पहिलो पटक वि.स.२००८ साल माघ २१ गते तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेर जबराले पहिलो बजेट ल्याएका थिए। उनले ल्याएको बजेट नै नेपालको पहिलो सरकारी हिसाबकिताब सहितको पहिलो बजेट हो। त्यसयता, निरन्तर (केही वर्ष बाहेक) प्रत्येक वर्ष बजेट प्रस्तुत हुँदै आएको छ। काँग्रेसका मातृकाप्रसाद कोइराला प्रधानमन्त्री र काँग्रेसका अर्थमन्त्री सुवर्ण शमशेर राणाले नेपालको पहिलो बजेट ल्याएका हुन्। नेपालको पहिलो बजेट ५ करोड २५ लाख २९ हजार रुपैयाँको थियो।नेपालको पहिलो बजेट तीन हजार पाँच सय शब्द हाराहारीको थियो।






About Us
प्रतिक्रिया