काठमाडौं – आगामी आर्थिक वर्षको बजेट संसद्मा पेस हुनुभन्दा ठीक ३ घण्टा अगाडि मात्रै बजेट सम्बन्धित महत्त्वपूर्ण दस्ताबेजहरू पारित गरिँदै छ। आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम र आगामी तीन वर्षको मध्यमकालीन खर्च संरचनालाई अन्तिम रूप दिन आज दिउँसो १ बजे राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बस्दै छ।
यी दस्तावेज प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को अध्यक्षतामा बस्ने आयोगको बैठकले पारित गर्छ। यो बैठकले पारित गरेका कार्यक्रम र खर्चको खाकालाई लगत्तै बस्ने मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ।
अपराह्न ४ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा नयाँ बजेटको पूर्ण पाठ प्रस्तुत गर्ने संसद्मा कार्यसूची छ।






About Us
प्रतिक्रिया