काठमाडौं – सरकारले आगामी आर्थिक वर्षदेखि ३० दिन भित्र व्यवसाय दर्ता गर्ने नीति लिएको छ। व्यवसाय दर्ता गर्न आउने व्यवसायीको दर्ता प्रक्रिया ३० दिनभित्रै सक्ने गरी ‘लगानी एक्सप्रेस’ नीति लागू गर्ने भएको हो। यस्तै, यही नीतिअनुसार निर्माण अनुमति समेत ३० दिन भित्रै दिने उद्घोष सरकारले गरेको छ। आगामी आर्थिक वर्ष २०८३\८४ को नीति तथा कार्यक्रम…