काठमाडौं – सरकारले २७३ कच्चा पदार्थका भन्सार दर घटाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
उनले विद्यमान ११ तहको भन्सार दरलाई ७ तहमा कायम गरेका छन्। ३६० वस्तुमा लागेको अन्त शुल्क समेत खारेज गरेका छन्। उनले पुर्वाधार विकास करजस्ता छरिएका करलाई एकिकृत गरेर हरित करमा समायोजन गरेका छन्।





About Us
प्रतिक्रिया