आगामी वर्षको बजेटः

कालो टोपी र रातो टिकामा बजेट बोकेर निस्किए अर्थमन्त्री वाग्ले


काठमाडौं – आगामी आर्थिक वर्षको बजेट भाषणका लागि उपप्रधान एंव अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कालो टोपी र रातो टिकामा अर्थमन्त्रालयबाट निस्किएका छन्। उनी प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नका लागि बजेट भाषणसहित निस्केका हुन्।

प्रतिनिधिसभाको बैठक जानुअघि वाग्ले मन्त्रिपरिषद्को बैठकमा जानेछन्। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा बस्ने बैठकबाट बजेट पारित भएपछि डा. वाग्लेसहितको सम्पूर्ण मन्त्रीहरु संसदतर्फ लाग्नेछन्। जहाँ उनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट भाषण गर्नेछन्।