काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेको एक साता बितिसक्दा पनि निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आधिकारिक धारणा सार्वजनिक गरेको छैन। विगतमा बजेट सार्वजनिक भएको केही दिनभित्रै प्रतिक्रिया दिने महासंघ यसपटक मौन बसेपछि निजी क्षेत्रको बजेटप्रतिको धारणाबारे अन्यौलता बढेको छ। वर्तमान स्थितिमा बैंकिङ्ग प्रणाली…