पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा मिसिल झिकाउन आदेश


काठमाडौं – पूर्वअर्थमन्त्री विष्णु पौडेलको हकमा उनकी पत्नी दोमाया पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले मिसिल झिकाउन आदेश दिएको छ। अदालतको टेकप्रसाद ढुंगाना रफमेघराज पोखरेलको संयुक्त इजलासले मिसिल झिकाउन आदेश दिएको हो। यस रिटमा अब बिहीबार बहस  हुने भएको छ। 

यसअघि उनको बन्दीप्रत्यक्षीकरण रिटमा असार ११ गतेको सुनुवाइमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कारण देखाउ आदेश दिएको थियो। उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। असार ९ मा उनलाई अनुसन्धानका लागि ७ दिनको म्याद थपिएको थियो।