काठमाडौं– अर्थ सचिव डा.घनश्याम उपाध्यायले आर्थिक नीतिका सूचना जनस्तरसम्म पुर्याउन सञ्चार क्षेत्र अपरिहार्य रहेको औँल्याएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले नबिल बैंकसँगको सहकार्यमा आइतबार र सोमबार ललितपुरको गोदावरीमा आयोजना गरेको ‘डिकोडिङ मोर्डन बैंकिङ्ग फर इकोनोमिक जर्नालिस्ट्स’ कार्यक्रममा एएमसीको आवश्यकता, सम्भावना र चुनौती विषयकमा बोल्दै उनले बताएका छन्।
अर्थ सचिव डा.उपाध्यायले नागरिक स्तरसम्म सही सूचना पुर्याउन सञ्चार जगत्ले महत्त्वपूर्ण भूमिका खेलिरहेको र यस तालिमले पत्रकारहरूको क्षमता अभिवृद्धिमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे। सरकारका आर्थिक नीतिहरू कार्यान्वयन गर्न र असल कुराहरू जनस्तरसम्म पुर्याउन सञ्चार माध्यम सहयोगी बन्नुपर्नेमा जोड दिँदै उनले भने,‘यस्ता राष्ट्रियस्तरका कार्यक्रमहरू पुनः सञ्चालन गरून्, त्यसका लागि अर्थ मन्त्रालय सदा सहयोगीको रूपमा रहनेछ।’
कार्यक्रममा मौद्रिक नीति र एसेट म्यानेजमेन्टको बिषयमा दुई छुट्टा छुट्टै प्यानल डिसकसन भएको थियो। यसैगरी भेञ्चर लेन्डीङ, गैर बैंकिङ्ग सम्पत्ति र कर्जाको प्रवृत्तिको बिषयमा डोल्मा इम्प्याक्ट फण्डका प्रबन्ध निर्देशक विद्याबारिधी सिग्देलले प्रशिक्षण दिएका थिए भने नविल बैंकका सीईओ मनोज ज्ञवालीले मिडियाँसँग बैंकिङ्ग क्षेत्रको अपेक्षाको बिषयमा प्रस्तुती दिएका थिए।






About Us
प्रतिक्रिया