काठमाडौं – सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिएपछि ग्राहकको रोजाइमा विद्युतीय सवारीसाधन पर्दै आइरहेको छ। पेट्रोलियम पदार्थको तुलनामा निकै कम खर्च लाग्ने, वातावरणमैत्री र स्वास्थ्यका लागि पनि राम्रो भएकाले सर्वसाधारण विद्युतीय सवारीसाधनतर्फ आकर्षित भइरहेका छन्। राज्यको पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने उद्देश्यले कर तथा वित्तीय प्रोत्साहनका उपाय र सहज लगानीका कारण पनि विद्युतीय सवारीसाधनको आयातसँगै…