काठमाडौं – रसुवा जिल्लामा भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि अर्थ मन्त्रालयका कर्मचारीहरूले १८ लाख ३२ हजार ७२१ रूपैयाँ सहयोग गरेका छन्।
भदौ ११ गतेको सचिव बैठकको निर्णयअनुसार कर्मचारीहरूको तर्फबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको अर्थ मन्त्रालयले जानकारी दिएकाे छ।
बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मन्त्रालयले विपद्को यस घडीमा प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाएको छ।






About Us
प्रतिक्रिया