काठमाडौं – नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा शनिबार र आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अतिआवश्यक उपभोक्ताका लागि १६ हजार ३०० बढी सिलिन्डर ग्यास बिक्री वितरण गरिएको छ। विक्रेताबाट सहजै ग्यास नपाइएको गुनासो बढेपछि निगमले काठमाडौं र भक्तपुरका १० स्थानबाट विभिन्न कम्पनीको ग्यासबिक्री वितरण गर्ने व्यवस्था मिलाइएको थियो। शनिबार काठमाडौंकाे टेकु, बबरमहल, चाबहिल,…