कालिञ्चोक दर्शनको लाभांश घोषणा


काठमाडौं – कालिञ्चोक दर्शन लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजीको ८.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थका लागि ०.४४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीले उक्त लाभांश वितरणसम्बन्धी प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि वितरण गर्ने जनाएको छ।