काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो ‘मानवीय मामिला’ अवैतनिक सल्लाहकारमा नियुक्त गरेका छन्। भदौ २४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार पराजुलीलाई आगामी मङ्सीर मसान्तसम्मका लागि सो पदमा नियुक्त गरिएको हो।
भोटेकोशी बाढीपश्चात् अर्थ मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय सहायता तथा पुनर्स्थापनाका कार्यहरूलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले उनलाई छोटो अवधिका लागि नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।
नवनियुक्त सल्लाहकार पराजुलीसँग संयुक्त राष्ट्रसंघमा लामो र गहन कार्यअनुभव रहेको छ। विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन तथा मानवीय राहतका क्षेत्रमा रहेको उनको विज्ञता र अनुभव नेपालको हालैको विपद्पछिको पुनर्स्थापना कार्यमा निकै उपयोगी हुने विश्वास अर्थ मन्त्रालयले लिएको छ। अर्थमन्त्री डा. वाग्लेले पराजुलीलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे।






About Us
प्रतिक्रिया