काठमाडौं — रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनः स्थापनाका लागि अर्घाखाँची सिमेन्ट लिमिटेडले एक करोड ११ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम योगदान गर्ने जनाएको हो। बाढीबाट प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका राहत, उपचार तथा पुनः स्थापनाका कार्यमा सहयोग पुग्ने उद्देश्यले रकम प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ।
अर्घाखाँची सिमेन्टले रसुवामा बाढीबाट प्रभावित सम्पूर्ण नागरिकप्रति गहिरो ऐक्यबद्धता व्यक्त गर्दै विपद्को यस कठिन घडीमा पीडितको साथमा रहेको जनाएको छ।
कम्पनीले बाढीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
राहत, उद्धार र पुनः स्थापनाका लागि नेपाल सरकारसँग सहकार्य गर्दै प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता पनि कम्पनीले जनाएको छ।






About Us
प्रतिक्रिया