काठमाडौं – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर गएको भीषण बाढीका कारण उत्पन्न विपत्ति र शोकलाई मध्यनजर गर्दै आन्तरिक राजस्व विभागले भदौ १६ गते गर्ने भनिएको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित गरेको छ।
रसुवा र नुवाकोटसहित विभिन्न क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटकको कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो। आन्तरिक राजस्व विभाग, लाजिम्पाटका अनुसार चालु आर्थिक वर्षदेखि प्रत्येक महिनाको पहिलो दिन र १६ गते करदाता प्रोत्साहन पुरस्कार घोषणा गर्दै आएको थियो।
विभागका अनुसार भदौ १६ गतेका लागि तय गरिएको १५ दिनको अवधिको विजेता तथा भदौ महिनाको विजेताको घोषणा आगामी असोज १ गते गरिनेछ।






About Us
प्रतिक्रिया