ऋण तिर्दिनु बचतकर्ताकाे बचत सकिनु हाे, बचतकर्तालाई सरकारले अन्याय गर्दैन : अर्थमन्त्री

नवलपरासी- अर्थमन्त्री डा प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन्। मंगलबार नवलपरासीमा स्थापित रेडबुल फ्याक्ट्रीको उद्घाटन गर्नेक्रममा मन्त्री डा महतले भने, ‘ऋण तिर्दिन भन्नु समस्याको समाधान होइन। यो बचतकर्ताको पैसा हो। ऋण मिनाह भनेको बचतकर्ताको बचत सकिनु हो। त्यसको क्षतिपूर्ति कसले तिर्ने? त्यही पैसा फिर्ता भएर बचतकर्ताले आवश्यक पर्दा लिन सक्छन्। बचतकर्तालाई सरकारले अन्याय…