निरन्तर बढिरहेको सूनकाे मूल्यमा गिरावट


बैंकिङ्ग समाचार, काठमाडौं ।

मंगलबार सुनकाे मूल्यमा गिरावट आएको छ। सोमबार नेपाली बजारमा ऐतिहासिक मूल्य रेकर्ड बनाएको सुनको मूल्य मंगलबार प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ।

मंगलबार चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेर १ हजार ५ रुपैयाँ कायम भएको छ भने सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ थियो त्यस्तै तेजाबी सुनको मूल्य १ लाख २१ हजार १ सय रुपैयाँ कायम थियो।

गत कात्तिक २७ गते प्रतितोला १ लाख १२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंसिर लागेसँगै बढ्न थालेको थियाे।