राष्ट्र बैंकको वार्षिक नाफा ८७ अर्ब, २५ अर्ब सरकारलाई दिने निर्णय

राष्ट्र बैंकको वार्षिक नाफा ८७ अर्ब, २५ अर्ब सरकारलाई दिने निर्णय


काठमाडौं– नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९/८० मा ८७ अर्बभन्दा बढी रकम नाफा कमाएको छ।

मंगलबार सार्वजनिक वार्षिक प्रतिवेनदअनुसार गत आर्थिक वर्षमा राष्ट्र बैंकले ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार नाफा कमाएको देखिएको छ।

बैंकले आर्थिक वर्ष ६१ अर्ब ९८ करोड नाफा कमाएको थियो। गत आर्थिक वर्षमा नाफा २५ अर्ब २५ करोडले बढेको देखिएको छ।

यस्तै राष्ट्र बैंकले गत आर्थिक वर्षको नाफाबाट २८ प्रतिशत रकम अर्थात् २५ अर्ब रुपैयाँ नेपाल सरकारलाई दिने निर्णय गरेको छ।