काठमाडौं,नेपाल राष्ट्र बैंकले समस्यामा परेका ऋणीलाई आउँदो चैत मसान्तसम्म कर्जाको पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सक्ने व्यवस्था लागु गरेको छ । चालु आवको मौद्रिक नितीको समीक्षामार्फत गरिएको व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेर यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकका अनुसार कृषि र वन, माछापालन, खानी, पेयपदार्थ उत्पादन, गैरखाद्य वस्तु उत्पादन, धातुका उत्पादनहरु,…