गण्डकी प्रदेशमा वित्तीय संस्थाले कृषि, वन र माछापालन क्षेत्रमा लगानी गरे ३१ अर्ब

गण्डकी प्रदेशमा वित्तीय संस्थाले कृषि, वन र माछापालन क्षेत्रमा लगानी गरे ३१ अर्ब


पोखरा-२०७९ असार मसान्तमा गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले कृषि, वन र माछापालन क्षेत्रमा ३१ अर्ब ४५ करोड कर्जा लगानी गरेका छन् । जुन यस प्रदेशमा
प्रवाहित कुल कर्जाको ८.८ प्रतिशत रहेको छ ।

त्यस्तै, समीक्षा अवधीमा माछाको उत्पादनमा ४.२८ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो समय कास्कीमा माछाको मागमा उच्च वृद्धि भएका कारण यसतर्फ व्यवसायीहरू आकर्षित भएको देखिन्छ ।

त्यस्तै, २०८० असार मसान्तमा निक्षेपकर्ताहरूको संख्या १२.३८ प्रतिशतले वृद्धि भएको छ । १३ प्रतिशतले बढेको निक्षेपकर्ताहरूको संख्या ५६ लाख ६९ हजार ४ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा २१.१ प्रतिशतले वृद्धि भएको थियो ।

त्यस्तै, २०८० असार मसान्तमा यस प्रदेशमा इन्टरनेट बैंकिङ्गको दर्ता संख्या २ लाख ११ हजार र मोबाइल बैंकिङ्ग दर्ता गर्नेको संख्या २५ लाख १२ हजार पुगेको छ । यसमध्ये इन्टरनेट सेवा र मोबाइल बैंकिङ्गको सक्रिय प्रयोगकर्ताको संख्या भने क्रमशः १.५ लाख र १८ लाख रहेको छ ।