रातभर परेको अविलर वर्षाले बल्खु क्षेत्र डुबानमा, तरकारी तथा फलफुल बजारमा क्षती

काठमाडाैं – सोमबार रातिदेखि सुरु भएको अविरल वर्षाका कारणले काठमाडौंका अधिकांश स्थानमा क्षती पुर्याएको छ । काठमाडौं महानगरपालिकाले दिएको जानकारी अनुसार काठमाडौंका विभिन्न स्थानमा बाढीले क्षनती पुर्याएको हो । बागमती नदिएमा आएको बाढीका कारणले कुलेश्वर फलफुल बजार डुबानमा परेको महानगरले जानकारी दिएको छ । सो डुबानबाट भएको क्षतीको एकिन विवरण भने आइनसकेको बताइएको छ ।…