काठमाडौं – आज मंगलबार स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँ घटेर कारोबार सुरु भएको जानकारी दिएको हो ।
मूल्य घटेसँगै सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ कायम थियो । यो किर्तिमानी मूल्य हो ।
किर्तिमानी मूल्यबाट सुनको भाउ घटेपछि आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेको जानकारी दिएको हो । यससँगै आज चाँदीको मूल्य तोलामा १ हजार ७२५ रुपैयाँ छ । हिजो चाँदीको मूल्य तोलामा १ हजार ७८५ रुपैयाँ थियो ।



About Us
प्रतिक्रिया