काठमाडौं – सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सरकारले बर्खास्त गरेको छ। गृहमन्त्रालयले पदीय आचरण विपरीत कार्य गरेको भन्दै दाहाललाई सेवाबाट हटाउने गरी विभागीय कारबाही गरेको हो।
गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार दाहाललाई शुक्रबारदेखि लागू हुने गरी सेवाबाट हटाइएको हो। सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले गत असोज १९ गते दाहाललाई पदबाट निलम्बन गरेको थियो।
त्यसपछि सशस्त्र प्रहरी बलले उनीमाथि कारबाही गर्न गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो। निजामती तथा प्रहरी कर्मचारीले पालना गर्नुपर्ने पदीय आचरणअनुरूप काम नगरेको ठहर गर्दै मन्त्रालयले दाहालमाथि विभागीय कारबाही गरेको जनाएको छ।






About Us
प्रतिक्रिया