काठमाडौं – ‘प्रोभिजनिङ’ बढ्दा १० वटा बैंकहरुको नाफा उल्लेख्यरुपमा घटेको छ । सञ्चालनमा रहेका २० वटामध्ये १० वटाको नाफा बढ्दा १० वटाको भने अघिल्लो वर्षको लुलनामा घटेको छ । बैंकहरुको प्रोभिजनिङ घट्दा १० वटा बैंकको नाफा गत वर्षको तुलनामा घटेको हो ।
मौद्रिक नीतिमा ०.२ लाई ०.१ प्रतिशत प्रोभिजनिङ्ग गर्ने व्यवस्था गरेको छ । तर यो चालू आर्थिक वर्षदेखि मात्रै लागु हुन्छ । गत आर्थिक वर्षमा यो प्रोभिजनिङको व्यवस्था थिएन । सोहीकारण अघिल्लो आर्थिक वर्षमा उल्लेख्य नाफा आर्जन गरेका १० बैंकहरुको बैंकहरुको पनि गत आर्थिक वर्ष २०८०/८१ म नाफा घटेको हो ।
२० वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा कूल ६४ अर्ब १५ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १३.३९ प्रतिशत अर्थात ७ अर्ब ५८ करोडको वृद्धि हो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने २० वाणिज्य बैंकहरुले कुल ५६ अर्ब अर्ब ५७ करोड खुद नाफा कमाएका थिए ।
गत वर्ष २०८०/८१ मा सर्वाधिक नाफा कमाउनेको पहिलो सूचीमा नबिल बैंक रहेको छ । बैंकले एक वर्षमा ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । दोस्रो धेरै नाफा ग्लोबल आइएमई बैंकको रहेको छ भने बैंकले ६ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । ग्लोबल आईएमई बैंकले ६ अर्ब ६९ करोड नाफा कमाएको थियो ।
यो पटक सर्वाधिक नाफा कमाउनेको तेस्रो सूचीमा भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ । अघिल्लो आर्थिक वर्ष राष्ट्रिय वाणिज्य बैंक सो स्थानमा थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत वर्ष कुल ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको हो । सो बैंकले अघिल्लोे आवमा ३ अर्ब ७२ करोड नाफा आर्जन गरेको थियो ।
त्यस्तै, यो पटक प्रभु बैंक नाफामा अब्बल देखिएको छ । बैंकले गत वर्ष कुल ४ अर्ब ४८ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । सो बैंकले अघिल्लो आवमा २ अर्ब ८ करोड नाफा आर्जन गरेको थियो । त्यस्तै, कुमारी बैंक पनि नाफा कमाउन अब्बल देखिएको छ । बैंकको खुद नाफा ३४५.६६ प्रतिशत बढेर २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ कायम भएको छ । ५१ करोड मात्रै नाफा आर्जन गरेको थियो ।
साथै, प्राइम कमर्सियल बैंकको नाफा पनि २६७.१८ प्रतिशत बढेर ३ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब २ करोड नाफा आर्जन गरेको थियो । यो पटक कृषि विकास बैंकको नाफामा पनि वृद्धि भएको छ । बैंकले खुद नाफा १६७.२३ प्रतिशत बढाएर ३ अर्ब ६५ करोड ५६ लाख रुपैयाँ पुर्याएको छ । १ अर्ब ३२ करोड नाफा आर्जन गरेको थियो । एभरेष्ट बैंकले पनि ३ अर्ब ७० करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा ३ अर्ब ३६ करोड नाफा आर्जन गरेको थियो ।
यसैगरी, अघिल्लो आवमा तेस्रो नम्बरमा परेको राष्ट्रिय वाणिज्य बैंकको नाफामा भने केही गिरावट आएको छ । बैंकले गत वर्ष ३ अर्ब ३९ करोड ८२ लाख आम्दानी गरेको छ भने अघिल्लो आवमा ३ अर्ब ५९ करोड आम्दानी गरेको छ । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्डले ३ अर्ब ३० करोड ८९ लाख नाफा आर्जन गरेको छ भने सो बैंकले अघिल्लो आवमा ३ अर्ब ४६ करोड नाफा कमाएको थियो ।
साथै, लक्ष्मी सनराइज बैंकले गत वर्षमा ३ अर्ब ३ करोड ४५ लाख नाफा कमाएको छ भने अघिल्लो आवमा २ अर्ब २८ करोड नाफा आर्जन गरेको थियो । त्यस्तै सिद्धार्थ बैंकले ३ अर्ब १ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने अघिल्लो वर्ष ३ अर्ब १६ करोड आम्दानी गरेको थियो । त्यसैगरी, अघिल्लो वर्ष ३१ अर्ब ५६ करोड आर्जन गरेको हिमालयन बैंकले गत आवमा २ अर्ब ८३ करोड ८० लाख, अघिल्लो वर्ष २ अर्ब ६० करोड नाफा कमाएको सानिमा बैंकले २ अर्ब ३८ करोड १९ लाख रुपैयाँ कमाएको छ ।
अघिल्लो वर्ष ३ अर्ब २२ करोड नाफा कमाएको एनएमबीले २ अर्ब ३३ करोड ६५ लाख र अघिल्लो वर्ष १ अर्ब ९६ करोड नाफा कमाएको नेपाल एसबीआईले २ अर्ब १ करोड ३७ लाख नाफा आर्जन गरेको छ । यस्तै अघिल्लो वर्ष ३ अर्ब ४३ करोड नाफा आर्जन गरेको नेपाल बैंकले १ अर्ब ६५ करोड ६८ लाख, अघिल्लो ४ अर्ब ४४ करोड नाफा आर्जन गरेको एनआईसी एशियाले १ अर्ब ३८ करोड १८ लाख, अघिल्लो वर्ष १ अर्ब ८६ करोड नाफा आर्जन गरेको सिटिजन्सले १ अर्ब ३४ करोड २४ लाख नाफा कमाएका छन् ।
माछापुच्छ्रे बैंक भने अघिल्लो आवमा पनि कम नाफा कमाउनेमा रहेको थियो भने गत वर्ष पनि कम नाफा आर्जन गर्नेमा नै परेको छ । सो बैंकले अघिल्लो आवमा १ अर्ब ६२ करोड नाफा कमाएको थियो भने गत वर्ष १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकिङ्ग विज्ञ अनलराज भट्टराई बैंकहरुको प्रोभिजनिङ्ग बढेको कारण नै नाफामा गिरावट उल्लेख गरे ।
उनले मौद्रिक नीतिमा ०.२ लाई ०.१ प्रतिशत प्रोभिजनिङ्ग गर्ने भनिएको भए तापनि चालु आवबाट मात्रै लागू हुने भएकाले गत वर्षको रिपोर्ट यस्तो आउनु सामान्य भएको बताए । उनले बैंकहरुले अझ १० दिनसम्म कर्जाको ब्याज उठाउने समय भएकाले ब्याज उठे केही थप हुने बताए । उनले नेपाल राष्ट्र बैंकले अर्को वर्षको लागि कर्जा बढाउन क्यापिटल यो वर्षदेखि सो व्यवस्था लागू नगरेको बताए ।
प्रतिक्रिया