काठमाडौं - नेपाल प्रहरीको प्रमुख कर्तव्य नै नागरिकको सुरक्षा हो । प्रहरीको सुरक्षाका कारणले नै सम्पूर्ण सर्वसाधारण शान्ति र सुरक्षित भएको महसुस गर्ने गर्छन् । कानुन पालना गराउनु, अपराध अनुसन्धान गर्नु, अपराधीलाई पक्राउ गर्नु, सर्वसाधारणको सुरक्षा गर्नु जस्ता कार्यहरू प्रहरीको प्रमुख जिम्मेवारी हुन् । यीनै काममा दत्तचित्त बनेर प्रहरीहरू दिनरात निःस्वार्थ सेवामा खटिने गर्छन् । नेपालीको…