राष्ट्र बैंकका निर्देशक राजेन्द्र भट्टराई कार्यकारी निर्देशकमा बढुवा

काठमाडौं – नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र भट्टराई कार्यकारी निर्देशकमा बढुवा भएका छन् । केन्द्रीय बैंकको मानव संसाधन व्यवस्थापन विभागले उनलाई कार्यकारी निर्देशकमा बढुवा गरेको हो । बैंकमा प्रशासन सेवातर्फ रिक्त रहेको कार्यकारी निर्देशक पूर्ति गर्ने सन्दर्भमा नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ बमोजिम सम्भाव्य भएका निर्देशक पदमा कार्यरत अधिकृतहरुमध्येबाट सोही विनियमावलीको विनियम ६५…