काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.४५ अंकले घटेर २६ सय ६० दशमलव २ को बिन्दुमा कायम भएको छ। त्यस्तै आज कारोबारमा आएका ३३८ कम्पनीको ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यससँगै १ करोड ७ लाख कित्ता शेयर किनबेच भएको छ।…