साताको शेयरः नेप्से ५७ अंकको वृद्धि, २७ अर्ब बढीको कारोबार


काठमाडौं – गत साता शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। साताभरमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ५७ अंकले बढेर बन्द भएको हो। यससँगै साताभरमा २७ अर्ब बढीको शेयर कारोबार भएको छ।

गत साता ५ दिन शेयर कारोबार हुँदा एक दिन बजार घटेको छ भने बाँकी ४ दिन बजार बढेर बन्द भएको छ। साताको पहिलो कारोबारको दिन सोमबार नेप्से ४१.७० अंकले बढेर बजार २६ सयको बिन्दुबाट २७ सय १९ को बिन्दुमा उकालो लागेको थियो । त्यस्तै, मंगलबार नेप्से ७.२५ अंकले बढेर बजार २७ सय २६ दशमलव ४९ को बिन्दुमा बन्द भयो ।

बुधबार भने १३.९५ अंकले घटेर बजार २७ सय १२ दशमलव ५४ को बिन्दुमा बन्द भएको भयो । त्यसैगरी, बिहिबार १४.१७ अंकले बजार वृद्धिसहित बजार २७ सय २६ दशमलव ७२ को बिन्दुमा बन्द भयो । त्यस्तै, साताको अन्तिम कारोबारको दिन शुक्रबार नेप्से ७.८८ अंकले बढेर बजार २७ सय ३४ दशमलव ६० को बिन्दुमा बन्द भयो ।

कारोबार कति ?
सोमबारः ५ अर्ब ४४ करोड
मंगलबारः ६ अर्ब ४७ करोड
बुधबारः ५ अर्ब १४ करोड
बिहिबारः ४ अर्ब ६४ करोड
शुक्रबारः ६ अर्ब १४ करोड