काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज भने ७.९० अंकले बढेर बन्द भएको छ। यससँगै बजार २७ सय ३४ दशमलव ६३ को विन्दुमा बन्द भएको छ। आज १५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०९ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै १५ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ।
आज दिनभरिमा कारोबारमा आएका ३५२ कम्पनीको १ करोड ३७ लाख कित्ता शेयर किनबेच भएको छ भने ६ अर्ब २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी रिडी पावर कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३० करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट २७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी एभरेस्ट कलरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले १४.८६ प्रतिशतका दरले कमाएका छन्।
यससँगै आज सबैभन्दा बढी १० प्रतिशत सानीमा बैंक लिमिटेड डिबेन्चरका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८।९२ प्रतिशतका दरले गुमाएका हुन्।







About Us
प्रतिक्रिया