बैकिङ्ग समाचार । बिहीबार दुई वाणिज्य बैंक सहित तीन कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सेञ्चुरी कमर्सियल बैंकको ६१ लाख ८९ हजार ५७९ दशमलव २६ कित्ता बोनस शेयर, नेपाल बङ्गलादेश बैंकको ५० लाख ६९ हजार ५८२ कित्ता बोनस र २२ हजार ८२९ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । …