आईपिओ निष्काशनको लागि सर्वोत्तम सिमेन्टद्वारा ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन

आईपिओ निष्काशनको लागि सर्वोत्तम सिमेन्टद्वारा ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन


बैकिङ्ग समाचार ।

बुक विल्डिङ विधि मार्फत आईपिओ निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टले बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक तथा एनआइबिएल एस क्यापिटल र प्रभु क्यापिटललाई सहायक बिक्रि प्रबन्धक चयन गरेको हो । यस सम्बन्धि सम्झौतामा अहिले केहिबेरमा हस्ताक्षर तथा औपचारीक घोषणा कार्यक्रम हुदैछ । 

कम्पनीले माघ ६ गतेको साधारणसभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । हाल कम्पनीको जारी  पुँजी  ४ अर्ब रहेको छ, जस मध्ये चुक्ता पुँजी ३ अर्ब ४० करोड रहेको छ । कम्पनीले ६० लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । कम्पनीका अनुसार ६० लाख कित्तामध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइनेछ भने बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी गरिनेछ ।

 आईपीओ निष्काशन पश्चात कम्पनीको चूक्ता पूँजि ४ अर्ब रुपैयाँ पुग्नेछ ।