सिंगटीकाे आइपिओ भोलि बाट आउँदै, रुरुकाे १२० रुपैयाँमा आइपिओ चैत २० गतेदेखि आउँदै

सिंगटीकाे आइपिओ भोलि बाट आउँदै, रुरुकाे १२० रुपैयाँमा आइपिओ चैत २० गतेदेखि आउँदै


बैकिङ्ग समाचार । 

तत्कालै निष्कासन हुने प्राथमिक शेयरको लाइनमा दुई कम्पनी देखिएका छन्। सिंगटी हाइड्रो इनर्जी र रुरु जलविद्युत परियोजना  पाइप लाइनमा देखिएका हुन्।

लाइनमा रहेको दुई कम्पनी मध्ये सिंगटी हाइड्रोले फेस भ्यालु प्रति कित्ता एक सय रुपैयाँमा शेयर निष्कासन गर्ने छ भने रुरुले फेस भ्यालु एक सयमा २० रुपैयाँ थप गरी प्रति कित्ता एक सय २० रुपैयाँका दरले शेयर निष्कासन गर्ने छ।

सिंगटी हाइड्रो इनर्जीले पहिले शेयर निष्कासन गर्ने भएकाे छ। उसले शुक्रबारदेखि प्राथमिक शेयर जारी गर्दै छ भने त्यसपछि रुरु जलविद्युत आयोजनाले गर्ने भएकाे छ। उसको चैत २० गते शुक्रवार देखि शेयर निष्कासन हुने छ।

चैत ६ गते शुक्रवारदेखि निष्कासन हुने सिंगटी हाइड्रो पावरले ३० प्रतिशत हुन आउने ४३ लाख ५० करोड रुपैयाँ बराबरका ४३ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्दै छ। उसको बिक्रि प्रबन्धकाे रुपमा मेगा क्यापिटलले काम गर्ने छ।

त्यसैगरी, रुरु जलविद्युत परियोजनाले १० प्रतिशत हुन आउने चार लाख सात हजार सात सय ६ कित्ता शेयर निष्कासन गर्दै छ। उसले निष्कासन गर्न लागेको शेयरको प्रति कित्ता मूल्य १२० रुपैयाँ हुने छ। कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा २० रुपैयाँ प्रिमियम थप गरी सर्बसाधारणलाई शेयर जारी गर्ने भएको छ। उसको बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।