बैकिङ्ग समाचार । सेयर बजारको परिसूचक नेप्सेले मंगलबार एकैदिन ९५ अंकको छलाङ मारेको छ। मुलुकमा राजनीतिक अन्यौलता बढिरहेका बेला बजारमा भने त्यसको प्रभाव देखिएको छैन। ९५.४६ अंकको वृद्धिपछि परिसूचक २०६१ अंकमा कायम भएको छ। यसअघि नेप्सेले २०६७ अंकको उच्च रेकर्ड बनाएको छ। यस दिन २०५ कम्पनीको ६ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएको छ। …