कारोबार रकममा पौने तीन अर्ब रुपैयाँको गिरावट: वाणिज्य बैंक समूहले बजार घट्नबाट जोगायो

कारोबार रकममा पौने तीन अर्ब रुपैयाँको गिरावट: वाणिज्य बैंक समूहले बजार घट्नबाट जोगायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
अघिल्लो दिन करिब १२ अर्ब रुपैयाँको कारोबार भएको सेयर बजारमा भोलिपल्टै रकम उल्लेख्य घटेको छ। दिनभरीमा ९ अर्ब ३० करोड रुपैयाँको किनबेच भएको छ।

केही बेर रातो भएको बजार अन्तत: ६.३७ अंकले बढेर २७८७.१८ अंकमा बन्द भएको छ। बिहीबार वाणिज्य बैंक समूहले बजारलाई जोगाएको छ। यो समूह १७.३४ अंकले उक्लिएको छ।

विकास बैंक, फाइनान्स, अन्य सूचक हरियो भए पनि बाँकी घटेका छन्। 

\"\"नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक ३४ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ। समग्रमा धेरै कारोबार भएपनि रिइन्स्योरेन्सको रकम दैनिक घटिरहेको छ। 

यसपछि बैंक अफ काठमाण्डूको ३४ करोड, नेशनल लाइफको २४ करोड ४३ लाख र नेपाल टेलिकमको २४ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

सूचीकृत भएदेखि निरन्तर बढेको रुरु जलविद्युतको सेययर मूल्य घटेको छ भने ओरेन्टेल होटलको पनि तल आएको छ। घाटाको वासलात ल्याउँदासमेत ओरेन्टल लगायत अन्य होटलहरुको मूल्य बढिरहेको थियो। 

मञ्जुश्री फाइनान्स, गुडविल फाइनान्सको सेयरमा बढेर सर्किट लागेको छ। समता घरेलु लघुवित्त, गोर्खा फाइनान्सको सेयर मूल्य बढ्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ। दुवैको १० प्रतिशत हाराहारीले मूल्य बढेको छ।

\"\"