राजनीतिक अन्योलताका बाबजुत नयाँ रेकर्ड कायम गर्दै नेप्से, १६ कम्पनीकाे शेयर सकारात्मक सर्किट लेभलमा काराेबार

राजनीतिक अन्योलताका बाबजुत नयाँ रेकर्ड कायम गर्दै नेप्से, १६ कम्पनीकाे शेयर सकारात्मक सर्किट लेभलमा काराेबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
साताको पहिलो कारोबार दिन नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ। यस दिन नेप्से नयाँ अलटाइम हाइ पुगेसँगै कारोबार रकमले पनि नयाँ रकेर्ड बनाएको छ।

राजनीतिक अन्योलताका बाबजुत यस दिन नेप्सेले नयाँ रेकर्ड बनाएको हो। गत शुक्रबार राति संसद विघतनपश्चात आज बजारमा कस्तो प्रभाव पर्ला भन्ने अन्योलता लगानीकर्ताहरुमा थिए। कारोबारको सुरुवातमा बजारमा केही प्यानिक सेल देखिएपनि बजार खुलेको केही समयपछि नै नेप्से उकालो लागेको थियो।

आइतबार नेप्से परिसूचक ३२.८१ अंक बढेर २८२० विन्दुमा बन्द भएको छ। यो हालसम्मकै उच्च विन्दु हो। यस दिन हालसम्मकै उच्च रकम बराबरको शेयर खरिदबिक्री भएको छ। यस दिन २२० कम्पनीको १ लाख २६ हजार १२४ पटकको कारोबारमा ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७२८ रुपैयाँ बराबरको २ करोड ५१ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन नेप्सेले नयाँ उचाइ कायम गरेसँगै १६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सर्किट लेभलमा कारोबार हुनेमा विकास बैंक, फाइनान्स र जलविद्युत कम्पनीहरु रहेका छन्। कर्णाली डेभलपमेन्ट बैंक, ग्रीड डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, सांग्रीला डेभलपमेन्ट बैंक, युनाइटेड इदी मार्दी, कालिका पावर, बेष्ट फाइनान्स, गुडविल फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर, सिनर्जी पावर, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, आइसीएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने बाँकी ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ७.५४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन फाइनान्स उपसमूहको परिसूचक ६.७६ प्रतिशत बढेको छ। बैंकिङ्ग तथा जलविद्युत उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।