काठमाडाैं – साउन २१ गते प्रतिनिधिसभाको बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले केही कम्पनीको नामै तोकेर शेयर मूल्य कृत्रिमरुपमा बढाइएको भाषण गरे । उनले नामै तोकेर ४ कम्पनीको शेयर मूल्य अत्याधिक बढाइएको भन्दै भाषण गरेपछि मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४५ अंक (अहिलेसम्मकै उच्च अंक)ले घट्यो । सदनमा भाषण गरेलगत्तै सिंहमाथि लगानीकर्ताले संस्थागतरुपमा विरोध गर्न…