पछिल्लो समय ग्लोबल आईएमई बैंक नेपालमा रेमिट्यान्स पठाउनको लागि एक भरपर्दो माध्यमको रूपमा स्थापित हुँदै गएको छ। विभिन्न देशमा रहेर नेपालमा भरपर्दो रूपमा रेमिट्यान्स पठाउन चाहनेहरूका लागि बैंक साझेदार बन्दै आएको छ। विश्वभर १५० भन्दा बढी देशहरूसँगको साझेदारी र प्रविधिमैत्री सेवा प्रणालीमार्फत बैंकले वैदेशिक रोजगारबाट स्वदेशमा पैसा पठाउने कार्यलाई सुरक्षित, पारदर्शी र भरपर्दो बनाउँदै आइरहेको छ…