नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ल्याएको ‘सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’को मस्यौदामाथि ऊर्जा व्यवसायीले आपत्ति जनाइरहेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले संस्थागतरुपमा नै मस्यौदा लागू भएमा देशमा कुनैपनि हाइड्रोपावर नबन्ने बताइरहेको छ। यद्यपि, सेबोनले भने सो मस्यौदा ऊर्जा क्षेत्रलाई नभएर अन्य क्षेत्रलाई भएको बताइरहे पनि स्पष्टरुपमा उल्लेख गरेको छैन। यससँगै, विगत लामो समयदेखि…