प्रभावकारी बन्दै आवास बीमा कार्यक्रम

बाँके – गत वर्षको भदौमा परेको अविरल वर्षाले नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी उत्तमसिंह पञ्जावीको घर भत्कियो। वर्षौँ दुःख गरेर बनाएको घर क्षतिग्रस्त भएपछि उनको परिवारलाई निकै तनाव भएको थियो। ‘त्यो रात सम्झिँदा अझै डर लाग्छ। निरन्तरको पानीले घरको केही भाग भत्कियो । परिवारका सबै सदस्यले भागेर ज्यान जोगायौँ’, पञ्जावीले विगत सम्झिँदै भने, ‘सबैभन्दा ठूलो चिन्ता साना…