काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १५ लाख बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले १५ लाख १४ हजार ९०० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो।
कम्पनीले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो। सो शेयर खरिद गर्न चाहने इच्छुक शेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।
तोकिएको समयअवधिमा शेयर खरिदका लागि निवेदन नदिए प्रचलित कानून र नियमबमोजिम अन्य व्यक्ति तथा संस्थालाई सो शेयर बिक्री गर्न प्रक्रिया अघि बढाउनले कम्पनीले जनाएको छ।






About Us
प्रतिक्रिया