नेप्स बन्यो भुक्तानी कार्ड सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय काउन्सिलको सल्लाहकार सदस्य

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स), पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटी स्ट्यान्डर्ड काउन्सिलको सल्लाहकार समितिमा चयन भएको छ । काउन्सिल कार्ड मार्फत हुने कारोबारमा डेटा सुरक्षा सम्बन्धी मापदण्डहरुको क्रम विकासलाई व्यवस्थित गर्नको निमित्त स्थापना भएको अन्तराष्ट्रिय रुपमा मान्यता प्राप्त संस्था हो । भिसा, मास्टरकार्ड जस्ता अन्तराष्ट्रिय कार्ड नेटवर्कले काउन्सिलको प्रमाणीकरण अनिवार्य रुपमा प्राप्त…