मञ्जुश्री फाइनान्सको नाफा २२ प्रतिशतले घट्यो

मञ्जुश्री फाइनान्सको नाफा २२ प्रतिशतले घट्यो


काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको गत वर्षको तुलनामा यो वर्ष खुद नाफा २२.७५ प्रतिशतले घटेको छ । फाइनान्सले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा फाइनान्सले १० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १३ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। छ महिनामा फाइनान्सले १४ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १२ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

हाल फाइनान्सको खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी क्रमश १४.९९, २५.७५ प्रतिशतले बढेको छ। फाइनान्सको कुल सञ्चालन आम्दानी हाल १७.७१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १७.२९ प्रतिशत घटेको छ। समीक्षा अवधिमा फाइनान्सको निष्क्रिय कर्जा बढेर ३.५ प्रतिशत पुगेको छ।

हाल फाइनान्सको चुक्ता पूँजी १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ रहेको छ भने फाइनान्सले जगेडा कोषमा ७३ करोड ३५ लाख रुपैयाँ राखेको छ।