अमेरिकाको केन्द्रिय बैंकमा नयाँ गभर्नर अनुमोदन गर्न ट्रम्पको अल्टिमेटम, नभए पावेललाई बर्खास्त गर्ने चेतावनी

काठमाडौं - अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र केन्द्रीय बैंक फेडरल रिजर्भका प्रमुख (गभर्नर) जेरोम पावेलबीच टकराव देखिएको छ। ट्रम्पले पावेललाई पदबाट हटाउने चेतावनी समेत दिएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम फाइनान्सियल टाइम्सकाअनुसार ट्रम्पले नयाँ प्रमुखका रूपमा प्रस्तावित केविन वार्शलाई समयमै अनुमोदन गर्नुपर्ने बताएका छन्। वार्शको नियुक्ति अमेरिकी सिनेटबाट स्वीकृत हुनुपर्ने हुन्छ। तर त्यसमा ढिलाइ हुने सम्भावना देखिएको छ। राष्ट्रपतिले…