गण्डकी – वैदेशिक रोजगारीबाट गाउँ फर्केर कृषि उद्यम सञ्चालन गर्ने युवालाई गण्डकी प्रदेश सरकारले कृषि ऋणमा ब्याज अनुदान दिने भएको छ ।
प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले चालु आवका लागि घोषणा गरेको ‘रिटर्न टु भिलेज’ कार्यक्रमअन्तर्गत युवालाई कृषि ऋणमा ब्याज अनुदान उपलब्ध गराउन लागिएको हो ।
कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भीमबहादुर कार्कीले पदबहाली गरेको सय दिन पुगेका अवसरमा बिहीबार पोखरामा आयोजित पत्रकार भेटघाटमा मन्त्रालयका सचिव डा. प्रेरणा सेढाईँ भट्टराईले उक्त कार्यक्रमका लागि २ करोड बजेट विनियोजन गरिएको जानकारी दिइन् ।
‘युवालाई कृषि उद्यममा प्रोत्साहित गर्न मन्त्रीज्यूकै सोचअनुसार यो कार्यक्रम ल्याइएको हो’, उनले भनिन्, ‘वैदेशिक रोजगारीबाट र स्वदेशमै पनि सहरदेखि गाउँ फर्केर कृषि उद्यम गर्न चाहाने युवाले ऋणमा ब्याज अनुदान पाउनुहुन्छ ।’
मन्त्री कार्कीले कृषिमा युवाहरूलाई आकर्षित गर्न र गाउँमै रोजगारी सृजनामा टेवा पुर्याउन ‘रिटर्न टु भिलेज’ कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । उनले कृषि उत्पादन वृद्धि र बजारीकरणका लागि मन्त्रालयले किसानलाई सघाउँदै आएको बताए
मन्त्रालयले चालु आवमा ‘कृषि एम्बुलेन्स सहयोग कार्यक्रम’का लागि १ करोड बजेट छुट्याइएको छ । यस्तै जैविक मलमा अनुदान र उत्पादन प्रोत्साहनका लागि२ करोड ६० लाख बजेट विनियोजन गरिएको छ ।







About Us
प्रतिक्रिया