तलब तथा ज्याला सूचकाङ्कमा १०.७५ प्रतिशतको वृद्धि

मधेशमा सबैभन्दा उच्च वृद्धि


काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा तलब तथा ज्याला सूचकाङ्क १०. ७५ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८२ को असोजमा यस्तो सूचकाङ्क ४.३५ प्रतिशतले वृद्धि भएको थियो।

राष्ट्र बैंककाे तथ्याङ्कअनुसार प्रदेशगत रूपमा मधेश प्रदेशमा तलब तथा ज्याला सूचकाङ्क सबैभन्दा धेरै बढेको छ। समीक्षा अवधिमा मधेश प्रदेशको यस्तो सूचकाङ्क १६.९४ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, कोशी प्रदेशमा १६.४२ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा १२.२९ प्रतिशत र बागमती प्रदेशमा १०.२१ प्रतिशतले तलब तथा ज्याला सूचकाङ्क बढेको छ।

यस्तै, लुम्बिनी प्रदेशमा ७.२७ प्रतिशत, कर्णाली प्रदेशमा ३.०४ प्रतिशत र गण्डकी प्रदेशमा २.६६ प्रतिशतले यस्तो सूचकाङ्क वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ। गत वर्षको असोजमा ४.३५ प्रतिशत रहेको तलब तथा ज्याला सूचकाङ्कको वृद्धिदर यस वर्ष १०.७५ प्रतिशत पुगेको हो।