नेपाल बैंकले वीरगञ्जको माईस्थान शाखा सिटी अफिस शाखामा गाभ्ने


काठमाडौं – नेपाल बैंक लिमिटेडले वीरगञ्ज महानगरपालिकास्थित माईस्थान शाखालाई वीरगञ्ज सिटी अफिस शाखासँग समायोजन (मर्ज) गर्ने भएको छ। बैंकले २०८३ साउन ८ गते प्रकाशित सूचनामार्फत डिजिटल बैंकिङ्ग सेवाको प्रयोग बढ्दै गएको तथा वीरगञ्ज क्षेत्रमा वित्तीय संस्थाका शाखाहरू पर्याप्त रहेकाले शाखा समायोजन गर्न लागेको हो ।

बैंककाअनुसार वीरगञ्ज महानगरपालिका–४ मा रहेको माईस्थान शाखा महानगरपालिका–६ मा रहेको वीरगञ्ज सिटी अफिस शाखामा गाभिनेछ। दुवै शाखाबीचको दूरी करिब १ किलोमिटर रहेको बैंकले जनाएको छ। समायोजनपछि एकीकृत कारोबार २०८३ कात्तिक १६ गते (सोमबार) बाट सुरु हुनेछ।