काठमाडौं - अर्थमन्त्री डा. प्रकाश शरण महतले आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अर्थतन्त्र लयमा फर्किएको दाबी गरेका छन् । कांग्रेस महासमिति बैठकमा आर्थिक प्रतिवेदन पेस गर्दै आफू अर्थमन्त्रीको रुपमा कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा नरहेको उल्लेख गरे । ‘आयात उच्च हुँदा बाह्य क्षेत्र असन्तुनल भई भुक्तानी सन्तुलन २ खर्ब ५५ अर्बले घाटामा रहेको…