कृषि विकास बैंकको साधारण सभा फागुन ३० गते

कृषि विकास बैंकको साधारण सभा फागुन ३० गते


काठमाडाैं – कृषि विकास बैंक लिमिटेडले १७ औं वार्षिक साधारण सभा फागुन ३० गते बोलाएको छ । फागुन ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा साधरणसभा आह्रवान गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान, ईक्विटीमा भएको परिवर्तन, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

सभा प्रयोजनका लागि बैंकले फागुन १७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।