कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत अन्तर्राष्ट्रिय ई-सिम तथा आईडीपी सेवा उपलब्ध

काठमाडौं – कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइनबिच ग्राहकलाई थप नवीन तथा डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता भएको छ। सम्झौताअनुसार निम्बजका अन्तर्राष्ट्रिय ई–सिम तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिटसम्बन्धी सेवा कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमा एकीकृत गरिने भएको छ। अन्तर्राष्ट्रिय ई–सिम सेवामार्फत विदेश पुगेपछि स्थानीय सिम खरिद वा सिम परिवर्तन गर्नुपर्ने झन्झट हटाउँदै…